• १९ असोज २०८३, सोमबार
  • ८ः१८ राती

निगमले अतिआवश्यक परेका उपभोक्तालाई टेकु कार्यालयबाटै खाना पकाउने ग्यास बिक्री

प्रकाशित मिति

२०८२ माघ २८ गते, बुधबार १२:४९

२८ माघ,२०८२ काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या देखिएपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाटै सिधै ग्यास बिक्री वितरण सुरु गरेको छ। डिलरबाट ग्यास पाउन नसकेका र अतिआवश्यक अवस्थामा रहेका उपभोक्ताहरूलाई लक्षित गर्दै यो विशेष व्यवस्था गरिएको हो।

National Life

निगमका एलपीजी विभाग प्रमुख विनीतमणि उपाध्यायका अनुसार नेपाल ग्यासका सिलिन्डरहरू कार्यालयमा झारिसकिएको छ र बिक्री वितरण तत्कालै सुरु भइसकेको छ। एभरेष्ट र सुगम ग्याससँग पनि समन्वय गरी केही समयभित्रै ती कम्पनीका ग्यास पनि उपलब्ध गराइने छ।

उपभोक्ताहरूले सिधै कार्यालयबाट ग्यास प्राप्त गर्न सक्ने भएकाले लामो समय कुर्नुपर्ने वा डिलरमा धाइरहनुपर्ने समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। निगमले यस कदमले बजारमा कृत्रिम अभाव हुन नदिन र प्रत्यक्ष राहत प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया