• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

प्रचण्डद्वारा नेकपा सबैभन्दा नयाँ पार्टीको दाबी

प्रकाशित मिति

२०८२ माघ २७ गते, मंगलवार ११:३४

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेपालका राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन्।

National Life

मंगलबार काठमाडौँमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, “हाम्रो नेकपा भन्दा नयाँ पार्टी नेपालमा कुनै पनि छैन। नाम, भाषा, व्याकरण र सबै खालका पुच्छर हटाउने दृष्टिकोणले पनि हाम्रो पार्टी नयाँ हो। विचारको हिसाबले पनि यसभन्दा नयाँ पार्टी कुनै छैन।”

उहाँले नेताहरूलाई पार्टीको विचार, नाम, संगठन र राजनीतिक मुद्दा अनुसार जनतालाई बुझाउन निर्देशन दिए। “सिर्फ पुरानाको विरोध गरेर नयाँ भन्छन्, तर विचार र सिद्धान्तमा नयाँ हुनुपर्छ,” प्रचण्डले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

साथै प्रचण्डले निर्वाचनको सन्दर्भमा पनि पार्टीका उम्मेदवारहरूलाई तयारी अवस्थामा रहन सुझाव दिँदै, विभिन्न सर्भेका आधारमा नेकपा आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने सम्भावना रहेको बताए।

प्रतिकृया