• १९ असोज २०८३, सोमबार
  • ९ः२७ राती

चालु आवको ६ महिनामा रेमिट्यान्स ३९.१ प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०८२ माघ १९ गते, सोमबार ०९:०६

१९ माघ,२०८२ काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपाल भित्रिने रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स ३९.१ प्रतिशतले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर ४.२ प्रतिशत मात्र रहेको थियो।

National Life

पुस महिनामा मात्रै रेमिट्यान्स आप्रवाह १९२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही महिनाको १२२ अर्ब ४४ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड डलर पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धि दर २.७ प्रतिशत मात्र रहेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

यसै अवधिमा खुद ट्रान्सफर रकम पनि बढेर ११ खर्ब ६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यस्तो रकम ८ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो।

वैदेशिक रोजगारीतर्फ जाने कामदारको संख्यामा भने मिश्रित अवस्था देखिएको छ। चालु आवको ६ महिनामा संस्थागत तथा व्यक्तिगत (नयाँ) तर्फबाट २ लाख ६ हजार ८०७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने १ लाख ९४ हजार ७३३ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको थियो।

रेमिट्यान्स आप्रवाहमा भएको तीव्र वृद्धिले विदेशी मुद्राको सञ्चिति, चालु खाता सन्तुलन तथा समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिकृया