• १९ असोज २०८३, सोमबार
  • ९ः२७ राती

वीरगञ्ज नाकाबाट दलहनजन्य खाद्यान्न आयात ३१ प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०८२ माघ १९ गते, सोमबार १०:४६

१९ माघ,२०८२ पर्सा – वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो छ महिनामा सात थरिका दलहनजन्य खाद्यान्न रु सात अर्ब ६४ करोड मूल्य बराबर आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा रु पाँच अर्ब ८३ करोड मूल्यको दलहन खाद्यान्न आयात भएकाले यस वर्ष आयात ३१ प्रतिशतले वृद्धि भएको छ।

National Life

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा दलहनजन्य खाद्यान्नको आयात उल्लेख्य रूपमा बढेको हो। यस अवधिमा सबैभन्दा बढी मुसुरो दाल आयात भएको छ, जसको मूल्य रु तीन अर्ब ८२ करोड रहेको छ।

त्यसैगरी रु एक अर्ब १७ करोड मूल्य बराबरको सिमी तथा राज्मा आयात भएको छ भने रु एक अर्ब १४ करोड मूल्यको चना भित्रिएको छ। अन्य गेडागुडी रु एक अर्ब मूल्य बराबर आयात भएको भन्सार कार्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसै अवधिमा रु २७ करोड मूल्यको रहरको दाल, रु १६ करोड मूल्यको केराउ तथा रु पाँच करोड १० लाख मूल्यको बकुल्ला आयात भएको तथ्यांकमा उल्लेख छ।

प्रतिकृया