• १९ असोज २०८३, सोमबार
  • ९ः२४ राती

निर्वाचनका लागि ३१ दिन बाँकी : ३० लाख मतपत्र छपाइ सम्पन्न

प्रकाशित मिति

२०८२ माघ १९ गते, सोमबार ०९:३५

१९ माघ,२०८२ काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ सकिएको छ।

National Life

आयोगले जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ कार्य नियमित रूपमा भइरहेको जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र भने यसअघि नै छपाइ भइसकेको आयोगले जानकारी दिएको छ।

त्यसैगरी मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्रको छपाइ पनि सम्पन्न भइसकेको छ। यसैबीच निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री स्वीकृत गरी सार्वजनिक गरेको छ। ती सामग्री आयोगको आधिकारिक फेसबुक पेज, एक्स (ट्विटर), टिकटक तथा युट्युबमार्फत सार्वजनिक गरिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

आयोगका अनुसार मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता अभिवृद्धि गर्ने, नागरिकलाई आधिकारिक र विश्वासनीय सूचना उपलब्ध गराउने तथा मिथ्या एवं भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया