• १९ असोज २०८३, सोमबार
  • १०ः३५ राती

नेप्से २७१४ बिन्दुमा, १० उपसूचक ओरालोमा

प्रकाशित मिति

२०८२ माघ १५ गते, बिहीबार ०३:१९

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ बिन्दुमा कायम भएको छ। बिहीबार भएको कारोबारमा ३२० कम्पनीका ३ करोड ५४ लाख ७७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

National Life

आज बजारका १० उपसूचक ओरालो लागेका छन्। बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकै दिन सोही समूहका शेयरमा दबाब देखिएको हो। यसदिन वाणिज्य बैंक समूह ०.४७ प्रतिशत, विकास बैंक समूह २.२२ प्रतिशत र फाइनान्स समूह १.७५ प्रतिशतले घटेका छन्।

कारोबारमा ८५ कम्पनीको शेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया