• ३ असोज २०८३, शनिबार
  • १०ः१८ राती

नेप्से ४२.५८ अंकले घट्यो, कारोबार १४ अर्ब रुपैयाँ नाघ्यो

प्रकाशित मिति

२०८२ माघ १३ गते, मंगलवार ०३:१६

१३ माघ,२०८२ काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ४२.५८ अंकले घटेर २७२६.५१ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा कुल १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको हो ।

National Life

कारोबार भएका १२ उपसूचक राताम्य बनेका छन् । वाणिज्य बैंक समूह १.४९ प्रतिशत, विकास बैंक १ प्रतिशत, फाइनान्स २.४४ प्रतिशत तथा होटल तथा पर्यटन समूह १.९० प्रतिशतले घटेका छन् । म्युचुअल फण्ड समूह भने स्थिर रहेको छ ।

यस दिन ३४ कम्पनीको शेयर मूल्य बढ्दा २२४ कम्पनीको घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

Classic Tech Mobile
Classic Tech Desktop

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी र एसवाई प्यानल कम्पनी अग्रस्थानमा रहेका छन् ।

प्रतिकृया