• १९ असोज २०८३, सोमबार
  • ११ः१० राती

भ्रम फैलाउनेविरुद्ध गृहमन्त्री अर्याल दिए यस्तो आदेश

प्रकाशित मिति

२०८२ माघ ११ गते, आईतवार ०९:३९

११ माघ,२०८२ काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न उच्च अधिकारी वा निकायको आदेश कुर्नु नपर्ने बताएका छन् । आज भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोको अनुगमन गर्दै गृहमन्त्री अर्यालले कानुनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

National Life

उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न सामाजिक सञ्जालमा फैलिन सक्ने अमर्यादित, तथ्यहीन तथा भ्रामक समाचार र सूचनाको सूक्ष्म अनुगमन गर्न साइबर ब्युरोलाई आग्रह गरे ।

गृहमन्त्री अर्यालले मिथ्या सूचना प्रवाह गर्नेविरुद्ध तत्काल कारबाही गर्नुपर्नेमा जोड दिँदै निर्वाचनलाई दृष्टिगत गरी ब्युरोलाई अझ सक्रिय बन्न निर्देशन दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया