राष्ट्रिय सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक,को-को भए विजयी ?
प्रकाशित मिति
२०८२ माघ ११ गते, आईतवार ०९:२१
काठमाडौँ । आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनको सातै प्रदेशको अन्तिम परिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को तालमेलमा भाग लिएको यस निर्वाचनमा उनीहरूकै उम्मेदवार मात्र विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने निर्वाचन बहिष्कार गरेको थियो ।
राष्ट्रिय सभामा रिक्त १९ सिटमध्ये एक सिट राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ भने १८ सिटका लागि निर्वाचन भएको थियो । तीमध्ये एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए भने बाँकी १७ सिटका लागि आज मतदान भई परिणाम सार्वजनिक गरिएको हो ।
तीन दलबीचको भागबण्डाअनुसार नेपाली काँग्रेसले ९, नेकपा एमालेले ८ र लोसपा (जसपा नेपाल) ले १ सिटमा उम्मेदवारी दिएका थिए । परिणामअनुसार कोशी प्रदेशबाट नेपाली काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । सोही प्रदेशमा एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन् । मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर तथा एमालेकी रेखाकुमारी झा विजयी भएका छन् ।
बागमती प्रदेशबाट काँग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् । गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र काँग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् ।
लुम्बिनी प्रदेशबाट काँग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेकी रामकुमारी झाक्री निर्वाचित भएका छन् । कर्णाली प्रदेशबाट काँग्रेसका ललितजंग शाही र एमालेकी मीनासिंह रखाल विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशबाट एमालेकी लीलाकुमारी भण्डारी र काँग्रेसका खम्मबहादुर खाती निर्वाचित भएका छन् ।
पाएका मत








प्रतिकृया