मधेस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन जारी, बिहान ११ बजेसम्म १६३ जनाले मतदान
प्रकाशित मिति
२०८२ माघ ११ गते, आईतवार ११:५८
११ माघ,२०८२ जनकपुरधाम – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेस प्रदेशमा आइतबार बिहान ९ बजेबाट मतदान सुरु भएको छ । बिहान ११ बजेसम्म १६३ जनाले मतदान गरिसकेका छन् भने ४ सिटका लागि ११ जना उम्मेदवार मैदानमा छन्।
निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार १०८ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र ५८ जना प्रदेशसभा सदस्यले मतदान गरिसकेका छन्।
नेकपा (एकीकृत कम्युनिष्ट पार्टी)ले चारवटै सिटमा उम्मेदवारी दिएका छन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सिटमा उम्मेदवारी दिए पनि निष्क्रिय पारेको छ। जसपा र लोसपाको एकीकरणपछि यस पार्टीको एकमात्र उम्मेदवार महन्थ ठाकुर हुन्।
नेपाली कांग्रेसले २ सिटमा, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १/१ सिटमा उम्मेदवारी दिएका छन्। निर्वाचनमा नेकपा एक्लै छन् भने बाँकी दलहरू गठबन्धनमा चुनाव लडेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र जसपाको गठबन्धन रहेको छ।








प्रतिकृया