रास्वपाका बालेन शाहले इलाममा चुनावी प्रचार सुरु
प्रकाशित मिति
२०८२ माघ ८ गते, बिहीबार १२:४१
८ माघ,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह चुनाव प्रचारका लागि इलाम पुगेका छन्। उनले इलाममा घरदैलो गर्दै कार्यकर्ता र समर्थकसँग भेटघाट गरेका छन्। इलामको घरदैलो कार्यक्रममा उनीसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर २ का उम्मेदवार गोकुलबहादुर राई पनि उपस्थित थिए।
झापा-५ बाट प्रतिनिधिसभा उम्मेदवार बालेन शाहले बिहीबार बिहान इलाममा आफ्ना दलका उम्मेदवारलाई भोट मागेका थिए। उनले मंगलबार प्रतिनिधिसभा सदस्यका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गरेपछि बुधबार दमकस्थित सम्पर्क कार्यालयमा समर्थक र पार्टी कार्यकर्तासँग भेटघाट गरेका थिए।
बालेन शाहले झापा, मोरङ र सुनसरीमा समेत रास्वपाका उम्मेदवारसँग भेटघाट गरेका छन्। रास्वपा उनको प्रचार–प्रसार रणनीतिअनुसार, झापा क्षेत्र नम्बर ५ बाहेकका अन्य क्षेत्रहरूमा समेत उनका उम्मेदवारको समर्थनमा प्रयोग गर्दैछ।







प्रतिकृया