• ४ असोज २०८३, आइतबार
  • ५ः५८ बिहान

शेयर बजारमा करेक्सन, नेप्से ९.४३ अंकले घट्यो

प्रकाशित मिति

२०८२ माघ ७ गते, बुधबार ०३:२०

७ माघ,२०८२ काठमाडौं – मंगलबार उल्लेखनीय सुधार देखिएको शेयर बजारमा बुधबार भने करेक्सन देखिएको छ। लगानीकर्ताहरू नाफा बुक गर्नतर्फ आकर्षित हुँदा बजारमा केही गिरावट आएको हो। यद्यपि समग्र बजारमा सामान्य रूपमा सकारात्मक लय भने कायम नै रहेको देखिन्छ।

National Life

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ९.४३ अंकले घट्दै २,७०५.३८ बिन्दुमा कायम भएको छ। यस दिन ३२४ कम्पनीका २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

क्षेत्रगत सूचकतर्फ वाणिज्य बैंक समूह ०.१८ प्रतिशत, विकास बैंक समूह ०.५९ प्रतिशत, फाइनान्स समूह १.६७ प्रतिशत तथा होटल तथा पर्यटन समूह १.८८ प्रतिशतले घटेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बुधबारको कारोबारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ। ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

प्रतिकृया