• ४ साउन २०८३, सोमबार
  • ७:०३ बेलुका

प्रतिनिधिसभा निर्वाचन: १६५ क्षेत्रमा ३,४८६ उम्मेदवार दर्ता

प्रकाशित मिति

२०८२ माघ ७ गते, बुधबार ०२:१५

७ माघ,२०८२ काठमाडौं – निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार, आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका १६५ निर्वाचन क्षेत्रमा कुल ३,४८६ जनाको उम्मेदवारी दर्ता भएको छ।

देशभर एकैपटक माघ ६ गते मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो। उम्मेदवारमध्ये पुरुष तीन हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन्। केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारी दर्ता भएको र त्यसपछि प्रारम्भिक सूचीमा सामान्य परिवर्तन आएको आयोगले जनाएको छ।

Kamana Sewa

निर्वाचन आयोगले दर्ता भएका उम्मेदवारमा आज योग्यतासम्बन्धी प्रश्न भए उजुरी दिन सकिने जानकारी पनि दिएको छ।

Classic Tech Desktop

प्रतिकृया