• ३ साउन २०८३, आइतबार
  • ३:३२ बेलुका

सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा १० हजार ४०० रुपैयाँ वृद्धि

प्रकाशित मिति

२०८२ माघ ७ गते, बुधबार ११:०८

७ माघ,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। सुनको मूल्य एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हालसम्मकै उच्च दरमा सुन कारोबार भइरहेको हो। अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण सुनको मूल्यमा तीव्र वृद्धि देखिएको महासंघले जनाएको छ।

Kamana Sewa

यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार ९२० रुपैयाँ कायम भएको छ।

Classic Tech Desktop

सुन–चाँदीको मूल्यमा लगातार देखिएको वृद्धिले बजारमा चासो बढाएको छ भने उपभोक्तामा असर पर्ने देखिएको छ।

प्रतिकृया