• १९ असोज २०८३, सोमबार
  • ११ः५४ राती

झापाका मतदाताले देशप्रेमी र दृढ नेतृत्व रोज्नेछन् : ओली

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार ०२:३८

६ माघ,२०८२ झापा – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापाका मतदाताले देशप्रेमी र दृढ नेतृत्वलाई छनोट गर्ने बताएका छन्। उम्मेदवारी मनोनयनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफू दोब्बरभन्दा बढी मतान्तरले विजयी हुने दाबी गरे।

National Life

“कसले व्यक्तिगत घर तथा सरकारी कार्यालयमा आगजनी गर्‍यो र कसले मुलुकको हितमा दृढताका साथ उभियो भन्ने कुरा झापाका मतदातालाई स्पष्ट छ,” ओलीले भने, “त्यसैले मेरो कसैसँग प्रतिस्पर्धा छैन, म दोब्बरभन्दा बढी मतान्तरले विजयी हुनेछु।”

ओलीको आधार क्षेत्र मानिने झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाहलाई उम्मेदवार बनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया