• १९ असोज २०८३, सोमबार
  • ११ः५१ राती

दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार ०२:०७

६ माघ,२०८२ झापा – झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।

National Life

रास्वपा कार्यकर्ताले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि तनाव बढेको र त्यसक्रममा झडप भएको जनाइएको छ। झडपका कारण केही समय दमक क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

झापा–५ मा बालेन शाहले रास्वपाबाट उम्मेदवारी दर्ता गरिसकेका छन् भने ओली पनि सोही क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन्। नाराबाजीपछि दुबै पक्षका कार्यकर्ता आमनेसामने हुँदा झडपको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया