• २० असोज २०८३, मंगलबार
  • १२ः२७ राती

प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०८२ माघ ३ गते, शनिबार १२:०१

काठमाडौं । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज पुष ३० गते विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सम्पन्न भएको हो ।

National Life

बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्र्यालयमा बसेको सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।

बैंकको २४औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लि. को गत आ.व. २०८१/०८२ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रभु बैंकले देशभर ६८ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २६९ वटा एटिएम तथा ३१२ वटा शाखा कार्यालयहरु सहित देशभर फैलिएको आफ्नो बैंकिङ सञ्जालको माध्यमबाट ३७ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

प्रतिकृया