• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

पार्टी फुटेको होइन, परिवर्तन आएको हो : सुजाता कोइराला

प्रकाशित मिति

२०८२ माघ ३ गते, शनिबार ११:४९

३ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिँदै पार्टी फुटेको नभई परिवर्तन आएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गर्दै उनले नेपाली कांग्रेसमा नयाँ नेतृत्व आएको उल्लेख गरिन्। उनले गगन थापालाई बिपीको विचार र गिरिजाको संगठनलाई नबिर्सी पार्टी नेतृत्व गर्न सुझाव दिएकी छन्।

Kamana Sewa

नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न, कानुनको अत्यधिक व्याख्या नगर्न तथा कसैलाई नआत्तिन र नडराउन पनि आग्रह गरेकी छन्।

Classic Tech Desktop

प्रतिकृया