• २० असोज २०८३, मंगलबार
  • १२ः२८ राती

पार्टी एकताबद्ध राख्न असफल भएको स्वीकार, सबैलाई कांग्रेसमा फर्किन डा. शेखर कोइरालाको अपिल

प्रकाशित मिति

२०८२ माघ १ गते, बिहीबार ०२:२०

१ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्न नसकेको स्वीकार गरेका छन्। बिहीबार जारी वक्तव्यमा उनले कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका हुन्।

National Life

“कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन,” भन्दै उनले को दोषी–को निर्दोष भन्ने बहसमा नजाने स्पष्ट पारेका छन्। सबै पक्ष कहीँ न कहीँ चुकेको स्वीकार गर्न आफूलाई संकोच नभएको पनि उनले बताएका छन्।

कोइरालाले पार्टी विभाजनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका षड्यन्त्र र अन्तरविरोध रहेको दाबी गर्दै यसबारेको मूल्याङ्कन इतिहासले गर्ने उल्लेख गरेका छन्। पार्टी एक भएर चुनावमा जान सबैको इमानदार प्रयास भए पनि सफल हुन नसकेको उनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले अहिलेको अवस्थामा बीपी कोइरालालाई स्मरण गर्दै, कांग्रेस एकढिक्का हुन नसक्नु पनि नियतिको कठोर सत्यका रूपमा बुझेको बताएका छन्। कांग्रेससँग आठ दशक लामो इतिहास जोगाउँदै निर्वाचनमा जाने ठूलो चुनौती रहेको उनको भनाइ छ।

प्रतिकृया