• २० असोज २०८३, मंगलबार
  • १ः०९ राती

शेखरसँग भेटपछि देउवा राष्ट्रपति भेट्न पुगे शीतल निवास

प्रकाशित मिति

२०८२ पुष २६ गते, शनिबार १२:२४

२६ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्। विशेष महाधिवेशन आह्वानपछि पार्टी विभाजनको डिलमा पुगेको भनाइ भइरहेका बेला राष्ट्रपतिसँग देउवाको भेटलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।

National Life

यद्यपि, भेटघाट पार्टीको आन्तरिक विषयमा केन्द्रित हो वा समसामयिक राजनीतिक प्रसङ्गमा भएको हो भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार भेटको एजेन्डा खुलाइएको छैन।

यसअघि आज बिहान देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच पनि भेट भएको थियो। शेखरसँगको भेटपछि देउवाले शीतल निवास जाने र त्यसपछि थप छलफल गर्ने बताएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, नेता घनश्याम भूसालले विशेष महाधिवेशनका लागि गगन थापा र विश्वप्रकाश शर्मालाई शुभकामना दिएका छन्। विशेष महाधिवेशनको तयारीका क्रममा भोलि कांग्रेसका सबै तहका पार्टी कार्यालय बन्द रहने जनाइएको छ।

प्रतिकृया