• २० असोज २०८३, मंगलबार
  • १ः०७ राती

अमेरिका भ्रमण प्रकरणमा युवा मन्त्री बब्लु गुप्ताको छानबिन माग गर्दै अख्तियारमा उजुरी

प्रकाशित मिति

२०८२ पुष २४ गते, बिहीबार १२:२०

२४ पुस,२०८२ काठमाडौं –  युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

National Life

मुलुक बचाउने नागरिक अभियानका प्रमुख युवराज सफलले फर्जी आयोजक र फर्जी निमन्त्रणा पत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको भन्दै उजुरी दिएका हुन् । उजुरीमा आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रम सम्बन्धी आयोजक नेपाल सरकार, अमेरिकी सरकार वा नेपाली दूतावासको अभिलेखमा नरहेको दाबी गरिएको छ ।

उजुरीकर्ताले मन्त्री गुप्ताले आफ्नो हैसियत दुरुपयोग गरी सामूहिक रूपमा अमेरिका जान खोजिएको भन्दै यसलाई संगठित मानव तस्करीसँग जोडेर अनुसन्धान गर्न माग गरेका छन् । साथै भ्रमण स्वीकृतिसँग सम्बन्धित मन्त्रिपरिषद्को निर्णय, निमन्त्रणा पत्र, आयोजकको कानुनी वैधता र भ्रमण टोलीको विवरण सार्वजनिक गरी छानबिन गर्नुपर्ने उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अख्तियारमा दर्ता उजुरीमा दोषी देखिएमा गुप्तामाथि मानव तस्करीसमेतको अभियोगमा कारबाही गर्न र अनुसन्धान अवधिमा मन्त्री पदबाट निलम्बन गर्न माग गरिएको छ ।

प्रतिकृया