• २० असोज २०८३, मंगलबार
  • १ः०७ राती

होटल फरेष्ट इनको आईपीओ माघ ४ देखि

प्रकाशित मिति

२०८२ पुष २४ गते, बिहीबार ११:३०

२४ पुस,२०८२ काठमाडौं – होटल फरेष्ट इन लिमिटेडले आउँदो माघ ४ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ ।

National Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये पहिलो चरणमा ४ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई बिक्री गर्न लागिएको हो ।

आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यसअनुसार लगानीकर्ताले कम्तीमा १ हजार रुपैयाँ र बढीमा २ करोड रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । निष्कासन छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते बन्द हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ, जसले समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ ।

पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ । यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकृया