सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
प्रकाशित मिति
२०८२ पुष २३ गते, बुधबार १२:०५
२३ पुस,२०८२ काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच लुभुलामाटारस्थित लिङ्देन निवासमा भेटवार्ता भएको छ ।
भेटमा आगामी निर्वाचनको वातावरण सिर्जना गर्ने विषयमा छलफल भएको मन्त्री खरेलले जानकारी दिए । उनका अनुसार राप्रपा निर्वाचनमा प्रतिबद्ध रहेको छ भने वातावरण मैत्री बनाउने विषयमा छलफल भएको हो ।

मन्त्री खरेलले यसअघि पनि प्रमुख राजनीतिक दलका नेताहरुको निवासमै पुगेर छलफल गरेका थिए । यस क्रममा उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरिसकेका छन् ।

यसैबीच, एमालेले आगामी राष्ट्रियसभा निर्वाचनका लागि ६ उम्मेदवार टुंगो लगाएको छ । तर, तीन मन्त्रीहरूले प्रधानमन्त्रीको निर्देशनको अवज्ञा गरेको विषय पनि चर्चा भइरहेका छन्, जसले राजनीतिक वातावरणमा नयाँ अचम्म थपेको छ ।




प्रतिकृया