कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ उम्मेदवार लगायो टुंगो
प्रकाशित मिति
२०८२ पुष २३ गते, बुधबार ११:५२
२३ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ जना उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहँदा कांग्रेसले सातै प्रदेशबाट चयन गरिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।
कांग्रेसका एक शीर्ष नेताका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपांगता/अल्पसंख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यस्तै, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली (अपांगता) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य) कांग्रेसका उम्मेदवार रहेका छन् ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।




प्रतिकृया