वीरगञ्जमा कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बियो
प्रकाशित मिति
२०८२ पुष २२ गते, मंगलवार ०१:०४
वीरगञ्ज। धार्मिक एवं सामाजिक विवादका कारण दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ। स्थानीय प्रशासनले सोमबार साँझदेखि कर्फ्यू जारी गरेको थियो।
प्रजिअ भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिकाको पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै सभा, जुलुस वा प्रदर्शन गर्न नपाइने आदेश जारी गरिएको छ।
कर्फ्यूको समयमा अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ। आवश्यक परेमा नजिकको सुरक्षाकर्मी वा १०० नम्बरमा सम्पर्क गर्न सकिनेछ।
अत्यावश्यक सेवाका सवारी साधन, स्वास्थ्यकर्मी, एम्बुलेन्स, दमकल, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरूलाई प्रशासनले सहजीकरण प्रदान गर्ने जनाएको छ। आइतबारदेखि दुई समुदायले लगातार प्रदर्शन गरिरहेको र त्यसका कारण वीरगञ्जमा अशान्ति बढ्दै गएको बताइएको छ।









प्रतिकृया