• २० असोज २०८३, मंगलबार
  • १ः४१ राती

सूर्यकुण्ड हाइड्रो आईपीओ बाँडफाँड

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार १२:५९

२२ पुस,२०८२ काठमाडौं – सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले पुस ९–१४ गते प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ६८,९६७ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

National Life

बिक्री अवधिभर ७०,४५७ जनाले आवेदन दिएकोमा ७०,४४५ जनाको आवेदन स्वीकृत भएको छ भने ७ जनाको आवेदन रद्द भएको छ। मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ।

बाँडफाँड अनुसार ६,८९६ जनाले १०/१० कित्ताका दरले शेयर पाएका छन् भने तीमध्ये १० जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर पाएका छन्। बाँकी ३८ हजारभन्दा बढी आवेदकको हात रित्तो भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया