• ४ साउन २०८३, सोमबार
  • ४:०० बिहान

महालक्ष्मी विकास बैंंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार १०:०८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २४ औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको छ । सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो ।

यस अवसरमा २०८२ साल असार मसान्तको वासलात तथा आव २०८१/०८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् । यसै गरी वार्षिक साधारण सभा मार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ । यस अन्तर्गत आव २०८१/०८२ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुंजीको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Kamana Sewa

बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैंकका समग्र वित्तीय परिसूचकहरुमा सकारात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ । साथै पुँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशतबाट वृद्धि भई १७.०६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैकको निक्षेप रु. ५६.२२ अर्ब रहेको छ भने कर्जा तथा सापटी रु.४७.२१ अर्ब रहेको छ ।

Classic Tech Desktop

साथै यस बैंकको नियमावली बमोजिम सस्ंथापक समुह (क) बाट ३ जना र सर्वसाधारण समुह (ख) बाट ३ जना गरी जम्मा ६ जना सञ्चालक निर्वाचन गर्ने साधारण सभामा प्रस्ताव भए बमोजिम सस्ंथापक शेयरधनी समूह (क) बाट ३ जना क्रमश राजेश उपाध्याय, संजय गिरि र ग्रोइङ्ग प्रालिको तर्फबाट सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी समूह (ख) बाट ३ जना क्रमश श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन् । नवनिर्वाचित संचालक समितिको आजै बसेको पहिलो बैठकबाट राजेश उपाध्यायलाई संचालक समितिको अध्यक्षको रुपमा चयन गरेको छ ।

सभाका अध्यक्ष उपाध्यायले शेयरधनीहरुबाट प्राप्त सल्लाह सुझावलाई आत्मसाथ गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिवद्घता व्यक्त गरे । साथै उनले शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याएको सहयोगको लागि धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिकृया