एमाले निर्वाचन तयारीमा सक्रिय, को – को परे अहिलेसम्म एकल सिफारिसमा ?
प्रकाशित मिति
२०८२ पुष २१ गते, सोमबार ०१:१५
२१ पुस,२०८२ काठमाडौं — आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिएसंगै नेकपा एमालेले तयारी तिब्र बनाएको छ। पार्टीले धेरै क्षेत्रमा उम्मेदवारको एकल सिफारिस गरेको छ।
अहिलेसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित दुई दर्जन नेताहरु एकल सिफारिस भएका छन्। प्रमुख सिफारिसमा केपी शर्मा ओली (झापा–५), विष्णु पौडेल (रुपन्देही–२), शंकर पोखरेल (दाङ–२), लेखराज भट्ट (कैलाली–४), महेश बस्नेत (भक्तपुर–२) लगायत छन्।

त्यसैगरी अन्य सिफारिस भएका नेतामा ईश्वर पोखरेल (काठमाडौँ–५), लीलानाथ श्रेष्ठ (सिरहा–३), अजय गुप्ता (रौतहट–१), हरी उप्रेती (सर्लाही–३), तिलक महत (नवलपुर–२), मिलन गुरुङ (गोरखा–२), बद्री मैनाली (नुवाकोट–१), सूर्य ढकाल (बाँके–१), दलबहादुर सुनार (बाँके–३), विश्राम चौधरी (कपिलवस्तु–१), सुहाङ नेम्वाङ (इलाम–२), लक्ष्मी महतो कोइरी (महोत्तरी–१), ध्रुव शाही (सुर्खेत–१), कलाधर देवकोटा (सुर्खेत–२), गुलाबजंग शाह (सल्यान), मणिराम फुयाल (काठमाडौँ–२, प्रस्ताव), दामोदर भण्डारी (बैतडी), गणेश ठगुन्ना (दार्चुला) र दीपक प्रकाश भट्ट (कञ्चनपुर–३) रहेका छन्।

पार्टीले आगामी निर्वाचनका लागि यस प्रकारको रणनीतिका साथ उम्मेदवारलाई अघि बढाएको जनाएको छ।




प्रतिकृया