भक्तपुर–२ मा एमालेबाट महेश बस्नेत एकल सिफारिस
प्रकाशित मिति
२०८२ पुष २१ गते, सोमबार १०:२९
२१ पुस,२०८२ काठमाडौं — प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव महेश बस्नेत एकल सिफारिस भएका छन् । आइतबार राति सम्पन्न बैठकले उनलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको हो ।
यस क्षेत्रमा एमालेबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार थिए । तर दुवैले दाबेदारी फिर्ता लिएपछि बस्नेतको नाम एकल रूपमा सिफारिस गरिएको हो । बस्नेतले सर्वसम्मत निर्णयका लागि सहयोग गरेको भन्दै राजथला र श्रेष्ठलाई सामाजिक सञ्जाल फेसबुकमार्फत् धन्यवाद दिएका छन् ।
भक्तपुर–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट रामप्रसाद सापकोटा (दीपशिखा) उम्मेदवार सिफारिस भएका छन् । २०७४ सालको निर्वाचनमा महेश बस्नेत भक्तपुर–२ बाट निर्वाचित भई उद्योग मन्त्री बनेका थिए । तर २०७९ सालको निर्वाचनमा भने उनी नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापासँग पराजित भएका थिए ।







प्रतिकृया