• २० असोज २०८३, मंगलबार
  • २ः५४ राती

समानुपातिकतर्फको सूची बुझाउने दलको संख्या ७ पुग्यो

प्रकाशित मिति

२०८२ पुष १४ गते, सोमबार ०५:१०

१४ पुस,२०८२ काठमाडौं — आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची आज अन्तिम दिन आयोगमा बुझाइँदैछ।

National Life

निर्वाचन आयोगका पछिल्ला विवरण अनुसार हालसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), जसपा नेपाल र गतिशिल लोकतान्त्रिक पार्टीले आफ्नो सूची बुझाइसकेको छ। यससँगै समानुपातिक सूची पेश गर्ने दलको संख्या ७ पुगेको छ।

सूचीको विवरण अनुसार नेमकिपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालले ११० जना उम्मेदवारको सूची पेश गरेका छन्। नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले १२–१२, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले २० र गतिशिल लोकतान्त्रिक पार्टीले ११ उम्मेदवारको सूची आयोगमा बुझाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

दलहरू अहिले आ–आफ्ना उम्मेदवारहरूको अन्तिम सूची तयार गर्ने गृहकार्यमा व्यस्त छन्।

प्रतिकृया