• १ असोज २०८३, बिहीबार
  • ४ः५५ बेलुका

रवि–बालेन सम्झौतामाथि हर्क साम्पाङले दिए यस्तो कडा प्रहार ?

प्रकाशित मिति

२०८२ पुष १३ गते, आईतवार ०९:२८

१३ पुस,२०८२ काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको एकता सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् ।

National Life

साम्पाङले उक्त सम्झौतालाई ‘केबल सत्ताका लागि गरिएको’ र ‘विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने प्रयास’ को संज्ञा दिएका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले भने, ‘कुर्सिको लागि र यो देशलाई लिलाम गर्नका लागि यस्तो सम्झौता भएको हो । विदेशी हालीमुहाली प्रत्यक्ष हामीले महसुस गरिसकेका छौं, अब त्यसलाई संस्थागत गर्न खोजिँदैछ ।’

यद्यपि उनले रवि लामिछाने र बालेन शाहको नाम स्पष्ट रूपमा नलिइकनै आलोचना गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

साम्पाङले काठमाडौंका मेयर बालेन शाहलाई लक्षित गर्दै जेन–जी आन्दोलनको समयमा देश अशान्त बन्दा पनि मौन बसेको आरोप लगाए । उनले बालेनलाई ‘भित्रभित्रै बसेर डरलाग्दो खेल खेल्ने’ र ‘लुकेर बस्ने व्यक्ति’ भनेर टिप्पणी गरेका छन् ।

‘जो भित्रभित्र लुकेर डरलाग्दो खेल खेल्छ । जेनजीलाई उक्साएर लड्न भिड्न पठाउँछ । ७०–८० जना हताहत हुन्छन् । देश खरानी हुँदै जाँदा टुलुटुलु हेरेर बस्छ । बाहिर आउँदैन,’ साम्पाङले भने । उनले सरकार सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा समेत बालेन बाहिर नआएको दाबी गरे ।

साम्पाङले राष्ट्रिय राजनीतिमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सन्दर्भ जोड्दै रवि लामिछाने लक्षित टिप्पणीसमेत गरेका छन् । यद्यपि त्यसबारे विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् ।

रवि–बालेन एकतापछि वैकल्पिक राजनीतिमा तरंग पैदा भइरहेका बेला हर्क साम्पाङको यो अभिव्यक्तिले राजनीतिक बहस थप चर्किने संकेत देखिएको छ ।

प्रतिकृया