• २० असोज २०८३, मंगलबार
  • ३ः३१ राती

पाँच महिनामा ९ अर्ब ८५ करोडको ईभी आयात, १२ हजारभन्दा बढी गाडी भित्रिए

प्रकाशित मिति

२०८२ पुष ८ गते, मंगलवार ०९:३४

८ पुस,२०८२ काठमाडौं— चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ९ अर्ब ८५ करोड ९३ लाख ३६ हजार रुपैयाँ बराबरका विद्युतीय सवारी साधन (ईभी) आयात भएका छन्। भन्सार विभागका अनुसार सो अवधिमा कुल १२ हजार ४८९ वटा ईभी गाडी भित्रिएका हुन्।

National Life

ईभी आयातबाट राज्यले ५ अर्ब ८७ करोड ८४ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जनाएको छ। पाँच महिनाको अवधिमा ३ हजार ८ सय वटा एसेम्बल ईभी आयात भएका छन्, जसको कुल मूल्य ८ अर्ब ९५ करोड ७५ लाख ३६ हजार रुपैयाँ रहेको छ।

मंसिरसम्मको तथ्याङ्कअनुसार ५० किलोवाट क्षमताका १ हजार २०१ वटा, ५१ देखि १०० किलोवाट क्षमताका २ हजार १६४ वटा, १०१ देखि २०० किलोवाटसम्मका ४१४ वटा तथा २०१ देखि ३०० किलोवाट क्षमताका ५ वटा ईभी गाडी आयात भएका छन्। भन्सारको तथ्याङ्क अनुसार ५१ देखि १०० किलोवाट क्षमताका ईभी गाडी सबैभन्दा धेरै भित्रिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, तीन पाङ्ग्रे ईभीको आयात पनि उल्लेख्य रहेको छ। मंसिर महिनासम्म मात्रै ३९ करोड ४४ लाख २२ हजार रुपैयाँ बराबरका ३ हजार ८२२ वटा तीन पाङ्ग्रे ईभी आयात भएका छन्।

प्रतिकृया