• २० असोज २०८३, मंगलबार
  • ३ः३० राती

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

प्रकाशित मिति

२०८२ पुष ६ गते, आईतवार १०:३४

६ पुस,२०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ८४ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस ६ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल आह्वान गरेको छ।

National Life

केन्द्रीय बैंकका अनुसार सोही दिन निक्षेप संकलन उपकरणको निष्कासन पनि गरिनेछ। बोलकबोल प्रक्रियाबाट व्याजदर निर्धारण हुनेछ भने साँवा तथा व्याजको भुक्तानी चैत १ गते गरिने जनाइएको छ।

यसमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, पाँच करोडले भाग गर्दा निःशेष जाने गरी बोलकबोल गर्न सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

निक्षेप संकलन उपकरणलाई नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा समेत धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। बोलकबोल गर्दा व्याजदरमै प्रस्ताव गर्नुपर्नेछ भने बहुव्याजदरमा बहुवोलकबोल गर्न पनि सकिनेछ।

यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

बोलपत्रमा निक्षेपका लागि जम्मा गर्न चाहेको रकम र व्याजदर स्पष्ट उल्लेख गर्नुपर्नेछ। आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम व्याजदरलाई प्राथमिकतामा राखी क्रमशः रकम बाँडिनेछ। समान व्याजदरमा परेको बोलका कारण कुल निष्कासित रकमभन्दा बढी हुन गएमा प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ।

प्रतिकृया