जाँचबुझ आयोगमा आईजीपी खापुङको बयान, अब प्रधानमन्त्री र गृहमन्त्रीको बयान लिने तयारी
प्रकाशित मिति
२०८२ पुष ३ गते, बिहीबार ११:५६
३ पुस,२०८२ काठमाडौं— २३–२४ भदौका घटनाको छानबिन गर्न गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको बयान लिएको छ। बिहीबार आयोगको सिंहदरबारस्थित कार्यालयमा उनका बयान जारी रहेको आयोग स्रोतले जानकारी दिएका छन्।
जेनजी घटनाका बेला खापुङ प्रहरी प्रमुख थिए। सो घटनामा प्रहरीले चलाएको गोली लागेर २२ जनाको मृत्यु भएको थियो। प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै आलोचना भएको थियो।
खापुङले फिल्डमा खटिएका सबै कर्मचारीका विवरण पठाउन अटेर गरेका थिए। आयोगका अनुसार, त्यसपछि उनलाई ५ सय रुपैयाँ जरिवाना गर्ने तयारी भएपछि मात्र उनले आवश्यक विवरण पठाएका थिए।
आयोगले घटना सम्बन्धित पक्षको बयान लिने काम अन्तिम चरणमा पुर्याएको जनाएको छ। अब तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने तयारीमा आयोग पुगेको छ।







प्रतिकृया