• १५ असोज २०८३, बिहीबार
  • ६ः२० बिहान

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ०२:१४

काठमाडौं । नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँड गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड गरेको हो ।

National Life

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार शेयरको अन्तिम बाँडफाड गरेको हो । संस्थागत लगानीकर्ताहरूलाई परिपत्र विधि (व्यक्तिगत तवर) बाट प्रस्ताव आह्वान गरी प्राप्त आवेदन बमोजिम अग्राधिकार शेयर बाँडफाँड गरिएको हो ।

नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलो पटक नबिल बैंकले प्राप्त गरेको हो । अविमोच्य असञ्चिति अग्राधिकार शेयर निश्चित भुक्तानी अवधि नतोकिएको तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभाशं पाउने विशेषता भएको पूँजी बजार उपकरण हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पूँजीका माध्यमबाट पूँजीगत आधार बलियो भई बैंकको जोखिम भार क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने विश्वास लिएको छ ।

प्रतिकृया