• २० असोज २०८३, मंगलबार
  • ४ः४२ बिहान

एमाले महाधिवेशनस्थल भृकुटीमण्डपमा मतदानको माहोल तात्यो, नाराबाजीसहित भोट माग्दै उम्मेदवार

प्रकाशित मिति

२०८२ पुष १ गते, मंगलवार ०३:०८

१ पुष,२०८२ काठमाडौं— काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुने तयारी गरिएको छ । मतदान नजिकिँदै जाँदा महाधिवेशनस्थलमा चुनावी माहोल थप तातेको छ ।

National Life

पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । दुवैले आ–आफ्ना प्यानल बनाएर प्रतिनिधिहरूसँग मत माग्ने क्रम तीव्र बनाएका छन् ।

महाधिवेशनस्थलमा अहिले दुवै समूहबीच व्यंग्यात्मक नाराबाजीसहित भोट माग्ने गतिविधि चलिरहेको छ । ओली पक्षीय नेताहरूले ‘ईश्वर पोखरेल के भन्छ, केपी ओलीले भन्छ’, ‘सुरेन्द्र पाण्डे के भन्छ, शङ्कर पोखरेलले भन्छ’ जस्ता नारा लगाइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यता, पोखरेल पक्षले ‘केपी ओली के भन्छ, ईश्वर पोखरेलले भन्छ’, ‘शङ्कर पोखरेल के भन्छ, सुरेन्द्र पाण्डेले भन्छ’ जस्ता नारा लगाउँदै प्रचार गरिरहेका छन् । दुवै पक्षका प्रतिनिधिहरूले भने साझा रूपमा ‘लिपुलेक/चुच्चे नक्सा के भन्छ, आफ्ना नेताले भन्छ’ जस्ता नारा पनि लगाएका छन् ।

मतदान नजिकिँदै जाँदा भृकुटीमण्डपमा राजनीतिक सरगर्मी र प्रतिस्पर्धा झनै चर्किएको देखिन्छ ।

प्रतिकृया