• १७ असोज २०८३, शनिबार
  • १ः५० राती

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ मंसिर २९ गते, सोमबार ०९:४४

मंसिर २९,२०८२ काठमाडौं— सालपा विकास बैंक लिमिटेडले मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिरहेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

National Life

बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न मंसिर ८ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता आईपीओ नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरिएको हो।

यस आईपीओमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ। आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।

Classic Tech Mobile
Classic Tech Desktop

पहिलो चरणको आईपीओ बाँडफाँडपछि बैंकले ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र २६ हजार ११९ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गर्नेछ। बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सालपा विकास बैंकलाई ‘आईआरएन सिंगल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले बैंकको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत सजिलै आवेदन दिन सक्नेछन्। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया