• १५ असोज २०८३, बिहीबार
  • ११ः३० राती

एमाले पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले टुंग्यायो उम्मेदवार

प्रकाशित मिति

२०८२ मंसिर २९ गते, सोमबार ०९:५७

मंसिर २९,२०८२ काठमाडौं— नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि ईश्वर पोखरेल समूहले आफ्ना उम्मेदवारहरू टुंगो लगाएको छ। समूहबाट अध्यक्ष पदमा ईश्वर पोखरेल स्वयंले प्रतिस्पर्धा गर्ने भएका छन् भने महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगिएको छ।

National Life

यसैगरी उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको उम्मेदवारी पक्का भएको एक नेताले बताएका छन्। उपमहासचिव पदमा योगेश भट्टराईको नाम टुंगिएको छ भने बैजनाथ चौधरी पनि उपमहासचिवका उम्मेदवारको सूचीमा रहेका छन्।

सचिव पदका लागि रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेललगायतका नाम करिब टुंगिएको स्रोतले जनाएको छ। साथै सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नामसमेत समावेश गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया