• १८ असोज २०८३, आइतबार
  • ५ः४९ बिहान

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा: सन्तोष चालिसेविरुद्ध विशेष अदालतमा अभियोग

प्रकाशित मिति

२०८२ मंसिर २८ गते, आईतवार ०४:४४

मंसिर २८,२०८२ काठमाडौं— नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा अभियोग दायर गरेको हो।

National Life

स्रोतका अनुसार चालिसेविरुद्ध साढे ३ करोड रुपैयाँभन्दा बढीको अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ। उनी गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत हुन्।

चालिसे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए। यद्यपि, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोही क्षेत्रबाट उनको नाम एकल सिफारिस भइसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मुद्दासँग सम्बन्धित थप अनुसन्धान तथा अदालती प्रक्रियाबारे आगामी दिनमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

प्रतिकृया