सेयर बजार ओरालो, नेप्से १२.५० अंकले घटेर २५९४ मा
प्रकाशित मिति
२०८२ मंसिर २८ गते, आईतवार ०४:५१
मंसिर २८,२०८२ काठमाडौं— साताको पहिलो दिन आइतबार सेयर बजार २६ सय अंकभन्दा तल झरेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १२.५० अंकले घट्दै २५९४ अंकमा कायम भएको हो। बजार करिब दिनभरि नै ओरालो यात्रामा देखियो।
कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबार भएका कम्पनीमध्ये ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रह्यो।
सबै समूहका सूचक १ प्रतिशतभन्दा कम मात्र उतारचढावमा सीमित रहे। बैंकिङ समूह स्थिर रहँदा विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ तथा व्यापार समूह ०.५९ प्रतिशतले घटेका छन्।
आज दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। मूल्य १० प्रतिशतले बढ्ने कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेका छन्। त्यस्तै, अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ४.७० प्रतिशतले बढेको छ।
घट्ने कम्पनीतर्फ सिटी होटलको सेयर मूल्य सबैभन्दा धेरै ६.२६ प्रतिशतले घटेको छ। श्रीनगर एग्रिटेक ४.६५ प्रतिशत र लक्ष्मी लघुवित्त ४.५५ प्रतिशतले घटेका छन्। आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा कुमारी बैंक (संस्थापक), ङादी ग्रुप, शिवम् सिमेन्ट, श्रीनगर एग्रिटेक र बुटवल पावर रहेका छन्।








प्रतिकृया