• २ असोज २०८३, शुक्रबार
  • ६ः१४ बिहान

एमाले महाधिवेशनमा सहमतिले नेतृत्व चयन हुनसक्ने: उपाध्यक्ष पोखरेल

प्रकाशित मिति

२०८२ मंसिर २४ गते, बुधबार ०४:४३

मंसिर २४, २०८२ काठमाडौं— नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौँ महाधिवेशनमा सहमतिमार्फत नेतृत्व चयन हुने सम्भावना रहेको बताएका छन्। बुधबार राजधानीमा सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको हलमै औपचारिक रूपमा नयाँ नेतृत्व प्रस्ताव गरे सहमति बन्न सक्ने स्पष्ट पारे।

National Life

पोखरेलले भने, “पार्टी अध्यक्ष ओलीले अभिभावकीय भूमिका खेल्दै संरक्षक भएर बस्ने र महाधिवेशनको हलमै अबको नेतृत्व प्रस्ताव गर्ने हो भने सहमति बन्नसक्छ। अन्य अवस्थामा सहमति हुने सम्भावना कम देखिन्छ।”

अन्तर्क्रियाका क्रममा पत्रकारले “यदि ओलीले तपाईं बाहेक अरू कसैलाई नेतृत्वका लागि प्रस्ताव गरे स्वीकार गर्नुहुन्छ?” भन्ने प्रश्न गर्दा पोखरेलले उत्तर दिए, “यदि उहाँले आफू हटेर औपचारिक रूपमा अरू कसैको नाम प्रस्ताव गर्नुहुन्छ भने त्यसमा मेरो कुनै आपत्ति रहने छैन।”

Classic Tech Mobile
Classic Tech Desktop

एघारौँ महाधिवेशनमा पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। भने पनि प्यालेन घोषणा हुने–नहुनेबारे उनले खुलेर बताएनन्।

प्रतिकृया