धरौटीमा छुटे जेनजी आन्दोलनका टीओबी प्रदर्शनकारी तेन्जिन दावा
प्रकाशित मिति
२०८२ मंसिर २३ गते, मंगलवार ०५:२६
मंसिर २२, २०८२ काठमाडौं— जेनजी आन्दोलनलाई भड्काएको आरोपमा प्रहरी हिरासतमा रहेका टीओबी समूहका तेन्जिन दावा विरुद्ध दायर दुईवटा मुद्दामा फरक–फरक धरौटी तोकिएको छ। करिब तीन महिनासम्मको अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले बुझाएको फाइलका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
न्यायाधीश तेजबहादुर खड्को इजलासले लिखत कीर्तेसम्बन्धी मुद्दामा ५ लाख रुपैयाँ र लागुऔषध मुद्दामा २० हजार रुपैयाँ धरौटी तोकिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।
तेन्जिनको कोठाबाट फेला परेका गाँजाका कारण लागुऔषधको मुद्दा दर्ता गरिएको हो। त्यसैगरी नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र फर्जी भेटिएपछि लिखत कीर्तेसम्बन्धी थप मुद्दा दर्ता गरिएको थियो। अनुसन्धान अनुसार उनले गलत विवरण पेश गरेर नागरिकता लिएको प्रहरीको दाबी छ।








प्रतिकृया