• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बिहान

राप्रपाको आज रत्नपार्कमा जनप्रदर्शन र बृहत सभा

प्रकाशित मिति

२०८२ मंसिर २३ गते, मंगलवार ०९:३५

मंसिर २३, २०८२ काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको रत्नपार्कमा जनप्रदर्शन र बृहत सभाको आयोजना गर्न लागेको छ। बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा सभाका शीर्ष नेतृत्व, कार्यकर्ता र समर्थकहरूको सहभागिता रहनेछ।

National Life

राप्रपाले आम निर्वाचनभन्दा अघि “कसैले नजित्ने, कसैले नहार्ने—देशले जित्ने” सूत्रसहित राजा, राजनीतिक दल र जेनजी प्रतिनिधिलाई समेट्ने सर्वपक्षीय सम्मेलनका लागि दबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन्।

यससँगै, पार्टीले अन्तरजिल्ला तथा विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउनुपर्ने, र जनदबाबमार्फत सरकारले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने माग राख्दै आजको कार्यक्रम आयोजना गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया