• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बिहान

गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी सुरु

प्रकाशित मिति

२०८२ मंसिर २२ गते, सोमबार १२:५३

मंसिर २२, २०८२ काठमाडौं— प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी थालेको छ। भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुर सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी र लुटपाट गरिएको थियो।

National Life

सोही समूहले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको घरमा पनि आगजनी गरेको प्रहरीले जनाएको छ। अनुसन्धानमा संलग्न प्रहरीले गभर्नर पौडेलको घरमा आगजनी गर्ने केही व्यक्तिको पहिचान गरेको छ।

प्रहरीले घटनाको भिडियो फुटेज फेला पारेका छन् र त्यसमा देखिएका युवाको पहिचान ललितपुर प्रहरीले गरिरहेको छ। भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सरकारी र निजी घरमा आगजनी गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरी कानुनी दायरामा ल्याउँदै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया