• २ असोज २०८३, शुक्रबार
  • ६ः३१ बिहान

धादिङमा ६ सवारी आपसमा ठोक्किँदा दुर्घटना, उद्धार कार्य जारी

प्रकाशित मिति

२०८२ मंसिर २० गते, शनिबार ०५:४४

मंसिर २०, २०८२ काठमाडौं – धादिङको धुनिवेशी नगरपालिका–६, चालिसे क्षेत्रमा शुक्रबार अपराह्न ६ वटा सवारी साधन एकआपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। इलाका प्रहरी कार्यालय खानिखोला अनुसार दुर्घटनामा मानवीय क्षति भएको आशंका गरिएको छ।

National Life

प्राथमिक जानकारीअनुसार एउटा डिब्बा गाडीको ब्रेक फेल भएपछि अनियन्त्रित भई अन्य सवारीसँग ठोक्किँदा दुर्घटना भएको हो। स्कुल बस, तीनवटा यात्रुवाहक बस, एक डिब्बा गाडी, ट्रक र मोटरसाइकल समेत दुर्घटनामा परेका छन्।

घाइतेमध्ये केहीलाई नजिकैको अस्पताल पठाइएको छ भने अन्यको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा थप प्रहरी टोली खटाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

प्रतिकृया