• २० असोज २०८३, मंगलबार
  • ६ः१५ बिहान

अब देशकै नेतृत्व गर्ने सोच बढ्दै गएको छ : कुलमान घिसिङ

प्रकाशित मिति

२०८२ मंसिर १७ गते, बुधबार ०४:२६

मंसिर १७, २०८२ काठमाडौं – ऊर्जा, जलस्रोत, शहरी तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने सोच आफूमा उत्पन्न हुन थालेको बताएका छन्। बुधबार आयोजित उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

National Life

घिसिङले अघिल्लो सरकारसँग भएको ‘झगडा’ले नै आफू मन्त्री पदमा पुगेको भन्दै त्यसले आफ्नो सार्वजनिक भूमिकालाई थप स्थापित गरेको बताए। “करिब ७–८ महिना सरकार र कुलमान घिसिङको ठूलो झगडा भयो। ४ महिना बाँकी हुँदा बाहिरिनुपर्‍यो। त्यही बेला मैले सरकारले दिएको उपहारजस्तै ठानेर धन्यवाद दिएको थिएँ,” उनले भने।

उनका अनुसार सो घटनाक्रमले आफूलाई मन्त्रीको रूपमा स्थापित गरिदियो र त्यसलाई अवसरका रूपमा आत्मसात् गरेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

देशको नेतृत्वबारे बोल्दै घिसिङले भने, “अब यहाँबाट हिँडेपछि कता जाने होला भन्नेमा अब देशकै लिड गर्नुपर्छ कि भन्ने लागिराछ।” घिसिङको यस्तो अभिव्यक्तिलाई आगामी राजनीतिक भूमिकासँग जोडेर हेरिन थालेको छ।

प्रतिकृया