• २० असोज २०८३, मंगलबार
  • ६ः१५ बिहान

अध्यक्षमा ओलीलाई समर्थन, अन्य पदमा उम्मेदवार नबन्ने पौडेलको स्पष्टोक्ति

प्रकाशित मिति

२०८२ मंसिर १७ गते, बुधबार ०४:११

मंसिर १७, २०८२ काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्नु उचित नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू महासचिव पदका लागि उम्मेदवार नरहेको दोहोर्‍याउँदै अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने स्पष्ट गरे।

National Life

पौडेलले ओलीको नेतृत्वमा पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष बाहेक अन्य पदमा स्वस्थ प्रतिस्पर्धाको वैधानिक बाटो खुला रहेको बताए। उनले पाँचौँ महाधिवेशनमा मदन भण्डारीविरुद्ध दिएको उम्मेदवारी अन्तिममा फिर्ता भएको प्रसंग सम्झाउँदै यसपटक पनि एमालेले नेतृत्व चयनमा सहमतिमै अघि बढ्ने विश्वास व्यक्त गरे।

प्रतिकृया