• २० असोज २०८३, मंगलबार
  • ६ः५५ बिहान

राष्ट्रवादी शक्तिमाथि प्रहार जारी, नीतिमा दृढता र नेतृत्वमा एकता जरुरी: शंकर पोखरेल

प्रकाशित मिति

२०८२ मंसिर १३ गते, शनिबार ०९:११

मंसिर १३, २०८२ काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको दाबी गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रवादी शक्तिमाथि निरन्तर प्रहार भइरहेकाले वर्तमान परिस्थितिमा नीतिगत दृढता र नेतृत्व तहमा एकता अत्यावश्यक रहेको बताएका हुन्।

National Life

महासचिव पोखरेलले देशलाई संकटबाट निकाल्न पार्टीभित्र र राष्ट्रवादी शक्ति बीच समन्वय र एकताबद्ध प्रयास जरुरी रहेको उल्लेख गरे। “मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ। यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ। अघि बढौं— सम्भव छ,” उनले लेखे।

यसैबीच, नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने तयारी तीव्र भएको छ। महाधिवेशनका लागि आज देशभर एकैदिन प्रतिनिधि चयन प्रक्रिया हुँदैछ। पार्टीले सकेसम्म सर्वसम्मत ढंगले प्रतिनिधि छान्ने र सहमति नभएका स्थानमा मतदानमार्फत चयन गर्ने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया