विवेकशील साझासँग एकता गर्ने रास्वपाको निर्णय, मङ्सिर १४ मा औपचारिक घोषणा
प्रकाशित मिति
२०८२ मंसिर १३ गते, शनिबार ०८:४६
मंसिर १३, २०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ। विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने सर्वसम्मत निर्णय गरेको प्रस्तावलाई रास्वपा केन्द्रीय समितिको गएराती बसेको भर्चुअल बैठकले सहर्ष स्वागत गरेको हो।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार दुवै दलबीचको एकता औपचारिक घोषणा आगामी मङ्सिर १४ गते आइतबार काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने ‘एकता घोषणासभा’मार्फत गरिनेछ।
बैठकले असल शासन, सुशासन र समुन्नतिको एजेन्डामा संगठित रुपमा अघि बढ्न विविध परिवर्तनकामी तथा सुसंस्कृत राजनीतिक शक्तिसँग सहकार्य र संवाद प्रक्रियालाई सुदृढ बनाउने निर्णय पनि गरेको छ। यसका लागि केन्द्रीय समितिको निर्देशनअनुसार सचिवालयले गठन गरेको ‘संघीय नेतृत्व मञ्च’ लाई बैठकले अनुमोदन गरेको झाले जानकारी दिए।
दल एकतासँगै आगामी राजनीतिक गतिविधि र सांगठनिक विस्तार अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।








प्रतिकृया