महाधिवेशन विवादमा धारणा बनाउन कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक
प्रकाशित मिति
२०८२ मंसिर १२ गते, शुक्रबार १२:५९
मंसिर १२, २०८२ काठमाडौं – नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा जारी छ। महाधिवेशनसम्बन्धी विवादमा संस्थागत धारणा बनाउने उद्देश्यले ६० भन्दा बढी केन्द्रीय सदस्यहरू बिहान १० बजेबाट सुरु भएको बैठकमा सहभागी भएका छन्।
बैठकमा सीता गुरुङ, कान्तिका सेजुवाल, नृप वड, उर्मिला नेपाल केसी, डा. रणबहादुर रावल, विद्या तिमिल्सिना, राधा घले, गुरु बराल, गोमाकुमारी भट्टराई, रमा कोइराला पौड्याल, सिता देवकोटा, शान्ति विक परियार, रुपा विकलगायत केन्द्रिय सदस्यहरू उपस्थिति रहेको स्रोतले जनाएको छ।

शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठक आइतबारका लागि सारिएपछि सो विषय पनि आजको बैठकमा मुख्य एजेन्डाका रूपमा छलफल गरिएको एक सदस्यले बताए।

कांग्रेसले १५औँ महाधिवेशन फागुन २१ का लागि तोकेको छ। तर महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा पार्टीभित्र विवाद जारी छ। संस्थापन पक्ष निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणामा अडिग छ। आजको बैठकले यही मतलाई सुदृढ गर्दै महाधिवेशनलाई निर्वाचनपछि गर्ने प्रस्तावमा बलियाे सहमति जुटाउने प्रयास गरिरहेको छ।




प्रतिकृया